Categories समाचार

पितृशोकमा एसपी पाठक बिदामा, पर्सामा चुनावी सुरक्षा सम्हाल्दै सुवेदी

वीरगंज । पर्सामा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाल प्रहरीका एसपी नरेश सुवेदीलाई खटाइएको छ। नेपाल प्रहरी का प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले उपत्यका प्रहरी कार्यालयमा कार्यरत सुवेदीलाई विशेष जिम्मेवारीसहित पर्सा पठाइएको जानकारी दिए।

पर्सामा कार्यरत एसपी सुदीप राज पाठक पितृशोकका कारण किरिया बिदामा बसेपछि सुरक्षाको नेतृत्व परिवर्तन गरिएको हो। काफ्लेले निर्वाचनको समग्र अवस्था, संवेदनशीलता र सुरक्षाको आवश्यकतालाई मध्यनजर गर्दै सुवेदीलाई परिचालन गरिएको स्पष्ट पारे।

Advertisement

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा जिल्ला का चारवटा निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्थापनको जिम्मा सुवेदीले सम्हाल्नेछन्। यसअघि उनी २०७४ सालमा ईलाका प्रहरी कार्यालय इटहरी तथा लाहान मा कार्यरत रहँदा संघीय संसद निर्वाचन सफलतापूर्वक गराइसकेको अनुभव राख्छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *