Categories समाचार

त्रिपक्षीय सहकार्यमा वीरगञ्जमा प्लास्टिक फोहर प्रशोधन केन्द्र निर्माण सम्पन्नताको नजिक

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वडा नं. १६ नगवास्थित एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रभित्र प्लास्टिकजन्य फोहर प्रशोधन केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। महानगरले जीरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्य नेपाल प्रा.लि. सँगको त्रिपक्षीय सहकार्यमा उक्त केन्द्र निर्माण गरिरहेको हो।

महानगरका अनुसार केन्द्र सञ्चालनमा आएपछि प्लास्टिकजन्य फोहर व्यवस्थापनमा देखिँदै आएको समस्याको दीर्घकालीन समाधान हुने अपेक्षा गरिएको छ। यसले फोहरको वैज्ञानिक व्यवस्थापनमा टेवा पुर्‍याउनुका साथै वातावरण संरक्षण र सरसफाइ प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

Advertisement

नगर प्रमुख राजेशमान सिंहले प्लास्टिक फोहरको उचित प्रशोधनबाट शहरको स्वच्छता र जनस्वास्थ्यमा सुधार आउने उल्लेख गर्दै यो परियोजना महानगरको दीर्घकालीन योजना अन्तर्गतको महत्वपूर्ण कदम भएको बताए।

Advertisement

प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले पनि केन्द्र सञ्चालन भएपछि ल्यान्डफिल स्थलको आयु केही हदसम्म बढ्ने र फोहर व्यवस्थापन प्रणाली थप प्रभावकारी हुने धारणा व्यक्त गरे।

महानगरपालिकाले यस परियोजनालाई दिगो र व्यवस्थित फोहर व्यवस्थापनतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *