Categories समाचार

पटेर्वा सुगौली–५ मा नेकपा एमालेको क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमालेको क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रूपेश पाण्डेयले कार्यालयको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार पाण्डेयले यसपटक भाषण मात्र होइन, चुनाव जितेर आएपछि जनताको समस्या समाधान र समाजको विकासमा पूर्ण रूपमा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय स्तरमा विकास निर्माण, रोजगारी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने बताए।

Advertisement

उद्घाटन कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय बासिन्दा तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Advertisement

कार्यक्रममा पूर्व मन्त्री एवं नेकपा एमालेका नेता प्रमोद जैसवाल, पूर्व गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *