Categories राजनीति

वीरगञ्जमा यादवको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

Advertisement

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवले आफ्नो अभियानलाई तीव्रता दिएका छन्। बिहीबार उनले वीरगञ्ज महानगरपालिका–४ र ५ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरे।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा यादवले मतदातासँग संवाद गर्दै विगतका कार्यसम्पादनको मूल्याङ्कनका आधारमा निर्णय लिन आग्रह गरे। पूर्व मन्त्रीसमेत रहेका उनले निर्वाचनले क्षेत्र र देशको भविष्य निर्धारण गर्ने भएकाले सही नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए।

Advertisement

घरदैलोका क्रममा उनले आफू ‘मौसमी नेता’ नभएको उल्लेख गर्दै निरन्तर जनताकै बीचमा सक्रिय रहेको दाबी गरे। व्यापारिक मानसिकताबाट राजनीतिलाई हेर्ने प्रवृत्तिबाट सजग रहनुपर्ने उनको भनाइ थियो। मुलुकको वर्तमान चुनौती समाधान गर्न सक्ने क्षमता एमालेसँग मात्र रहेको दाबी गर्दै उनले विकास र समृद्धिको स्पष्ट खाका आफ्नो पार्टीसँग भएको बताए।

Advertisement

यादवले पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा विगतमा गरिएको कामलाई स्मरण गराउँदै आगामी दिनमा थप प्रभावकारी ढङ्गले काम गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य निर्मला देवकोटा, क्षेत्रीय संयोजक मानदेव हजरा, शम्भु गुप्ता, सुन्दर कुर्मी तथा वडा नं. ५ का वडाध्यक्ष प्रदीप चौरसियालगायत नेताहरूको सहभागिता रहेको थियो। उनीहरूले पनि मतदातालाई एमालेको पक्षमा मतदान गर्न आग्रह गरेका थिए।

स्थानीय बासिन्दाले घरदैलोका क्रममा आफ्ना अपेक्षा र सुझाव राख्दै यादवप्रति सकारात्मक प्रतिक्रिया दिएको जनाइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *