Categories राजनीति

पर्सा–१ मा जनमतको सक्रियता, सर्राफको पक्षमा मन्त्री कुशवाहा मैदानमा

Advertisement

वीरगंज । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सर्राफको समर्थनमा मधेश प्रदेश सरकारका मन्त्री दशरथ कुशवाहा स्वयं घरदैलो अभियानमा सहभागी भएपछि चुनावी माहोल थप तातेको छ।

मन्त्री कुशवाहाले विभिन्न टोल बस्तीमा पुगेर मतदातासँग भेटघाट गर्दै मधेशको अधिकार, सुशासन र समृद्धिका मुद्दालाई सशक्त रूपमा उठाउन सक्षम नेतृत्व आवश्यक रहेको बताए। उनले सर्राफलाई अत्यधिक मतका साथ विजयी गराउन आग्रह गर्दै जनमत पार्टीको एजेण्डा जनताको अपेक्षासँग प्रत्यक्ष जोडिएको दाबी गरे।

Advertisement

उम्मेदवार सर्राफ भने रोजगारी सिर्जना, कृषि तथा साना उद्योग प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका योजनासहित मतदातामाझ पुगिरहेका छन्। विशेषगरी युवापुस्तामाझ उनको प्रभाव बढ्दो रहेको बताइन्छ। वीरगंज महानगरपालिका–४ विर्तामा सम्पन्न घरदैलो कार्यक्रम उत्साहपूर्ण रहेको र निर्वाचन नजिकिँदै जाँदा पर्सा–१ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको स्थानीय राजनीतिक विश्लेषकहरू बताउँछन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *