Categories समाचार

पर्सा–३ मा एमालेको विशेष रणनीति: पाण्डेयका पक्षमा केन्द्रबाट ‘हेवीवेट’ टोली खटिँदै

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले चुनावी अभियानलाई थप आक्रामक बनाउने तयारी गरेको छ। पार्टीका उम्मेदवार रुपेश कुमार पाण्डेयको पक्षमा माहोल सकारात्मक बन्दै गएको निष्कर्षसहित एमालेले केन्द्रबाट शीर्ष तहका नेताहरूलाई मैदानमा उतार्ने निर्णय गरेको हो।

एमालेका केन्द्रीय उपमहासचिव योगेश भट्टराई, पार्टी अध्यक्ष केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे आगामी आइतबारदेखि पर्सा–३ मा केन्द्रित हुने भएका छन्।

Advertisement

उम्मेदवार पाण्डेयका अनुसार तीनै जना नेता निर्वाचन अवधिभर क्षेत्रमै रहेर संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र चुनावी रणनीति निर्माणमा प्रत्यक्ष संलग्न हुनेछन्। उनले शीर्ष नेताको उपस्थितिले आफ्नो जित थप सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्।

Advertisement

एमाले स्रोतका अनुसार पर्सा–३ लाई पार्टीले प्रतिष्ठाको क्षेत्रका रूपमा लिएको छ। यस कारण यहाँका हरेक प्रमुख चुनावी कार्यक्रममा केन्द्रीय नेताहरूको सक्रिय सहभागिता रहने बताइएको छ।

स्थानीय तहमा बढ्दो जनसमर्थनलाई मतमा रूपान्तरण गर्न पार्टीले अब ‘ग्रासरुट’ तहसम्म समन्वित अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *