Categories शिक्षा समाचार

वीरगञ्ज पब्लिक कलेजमा दुई दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै

Advertisement

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेजको सभा हलमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ। पत्रकार सम्मेलन मार्फत क्याम्पस प्रमुख डा. विनय श्रेष्ठले नेपालको शैक्षिक संस्थाहरूलाई विश्वस्तरीय अनुसन्धान तथा ज्ञान आदान प्रदानको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो।

डा. श्रेष्ठका अनुसार व्यवस्थापन अभ्यासमा देखिएका नयाँ प्रवृत्ति, प्रविधिगत रूपान्तरण, दिगोपन र भविष्यको रोजगारी संरचनालाई समेटेर शैक्षिक बहस तथा परामर्श गर्ने लक्ष्य राखिएको छ। सम्मेलनमा नेपालसहित चार देशका प्राध्यापक, अनुसन्धानकर्ता, नीतिनिर्माता, उद्योगी व्यवसायी तथा विद्यार्थी गरी करिब १८० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।

Advertisement

सम्मेलनले व्यवस्थापन, सूचना प्रविधि र उद्यमशीलताका क्षेत्रमा अध्ययन अनुसन्धानलाई नयाँ दिशा दिने विश्वास कलेजले व्यक्त गरेको छ। प्रस्तुत गरिने अनुसन्धानपत्रहरूले भविष्यको कार्य परिवेश, डिजिटल रूपान्तरण, हरित अर्थतन्त्र तथा दिगो व्यवस्थापन अभ्यासबारे व्यावहारिक ज्ञान प्रदान गर्ने बताइएको छ ।

Advertisement

दुई दिने कार्यक्रमअन्तर्गत विद्यार्थी तथा युवा अनुसन्धानकर्ताका लागि विशेष सत्र, अनुसन्धानपत्र प्रकाशन तथा उत्कृष्ट शोधपत्र छनोटको व्यवस्था गरिएको छ। गुणस्तरीय शिक्षा, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्दै कलेजको अन्तर्राष्ट्रिय शैक्षिक सञ्जाल विस्तार गर्ने लक्ष्यसमेत राखिएको जनाइएको छ।

पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख डा. विनय श्रेष्ठसहित इन्जिनियर जयकिशन सहनी, कार्यक्रम संयोजक वीरेन्द्र यादव, एसोसिएट प्रोफेसर लक्ष्मण कुँवर र डा. अब्दुल रहमानलगायतको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *