Categories राजनीति समाचार

बिन्दवासिनीका युवा नेता मधुसुदन चौरसिया एमालेमा, ओलीले खादा लगाएर गरे स्वागत

Advertisement

वीरगन्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा सक्रिय राजनीतिक भूमिका निर्वाह गर्दै आएका जनता समाजवादी पार्टी (जसपा)का युवा नेता मधुसुदन चौरसिया नेकपा (एमाले)मा प्रवेश गरेका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेपाल सुशासन पार्टीबाट गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा गरेका चौरसियाले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले रोजेका हुन्।

Advertisement

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले चौरसियालाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। चौरसियासँगै वकिल मियाँ, नन्दु साह कानु, सोयल अख्तर र प्रभु बैठा लगायतका नेताहरूले पनि एमालेमा प्रवेश गरेका छन्।

Advertisement

नवप्रवेशीहरूलाई स्वागत गर्दै ओलीले देशको समृद्धि, सुशासन र तीव्र विकासका लागि एमाले नै सक्षम र विश्वासिलो शक्ति भएको दाबी गरे। पर्सा–३ बाट आएका युवा नेतृत्वको प्रवेशले पार्टी संगठन थप बलियो बन्ने विश्वास उनले व्यक्त गरे।

उक्त कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *