Categories समाचार

बीरगञ्ज पब्लिक कलेजमा आजदेखि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु

Advertisement

वीरगञ्ज । बीरगञ्ज पब्लिक कलेजको सभा हलमा आज शुक्रबारदेखि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। व्यवस्थापन, सूचना प्रविधि तथा उद्यमशीलताको क्षेत्रमा अध्ययन–अनुसन्धानलाई नयाँ दिशा दिने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनका सभापति क्याम्पस प्रमुख तथा आरएमसी प्रमुख डा. विनय श्रेष्ठ रहेका छन्। प्रमुख अतिथिका रूपमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजु कुमार थपलिया सहभागी भएका छन्।

Advertisement

विशिष्ट अतिथिहरूमा मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, भारतीय राजदूतावासका कन्सुल जनरल श्रीदेवी सहाय मीना, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, त्रिभुवन विश्वविद्यालयका प्रा. राधेश्याम प्रधान तथा भारतको महात्मा गान्धी केन्द्रीय विश्वविद्यालयका वाणिज्य संकाय प्रमुख तथा डिन प्रा. डा. सुब्रता रायको उपस्थिति रहेको छ।

Advertisement

यसैगरी अतिथिहरूमा अनुगमन तथा मूल्याङ्कन केन्द्रका कार्यकारी निर्देशक डा. उत्तम रेग्मी, पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. सन्देश दास श्रेष्ठ, पोखरा विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्रा. डा. दीपक बन्धु भण्डारी, विश्व पत्रकार महासंघ एशिया–प्रशान्तका संयुक्त सचिव दीपेन्द्र चौहान तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल सहभागी रहेका छन्।

नेपालसहित चार अन्तर्राष्ट्रिय देशका प्राध्यापक, अनुसन्धानकर्ता, नीति निर्माता, उद्योगी–व्यवसायी तथा विद्यार्थी गरी करिब १८० जनाको सहभागिता रहेको छ।

सम्मेलनमा व्यवस्थापन अभ्यासमा देखिएका नयाँ प्रवृत्ति, प्रविधिगत रूपान्तरण, दिगोपन र भविष्यको रोजगारी संरचनाबारे गहन छलफल गरिने जनाइएको छ। प्रस्तुत गरिने अनुसन्धान पत्रहरूले डिजिटल रूपान्तरण, हरित अर्थतन्त्र तथा दिगो व्यवस्थापन अभ्यासबारे व्यवहारिक ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको छ।

दुई दिने सम्मेलनअन्तर्गत विद्यार्थी तथा युवा अनुसन्धानकर्ताहरूका लागि विशेष सत्र, अनुसन्धानपत्र प्रकाशन तथा उत्कृष्ट अनुसन्धानपत्र छनोट कार्यक्रमसमेत राखिएको कलेजले जनाएको छ। यस कार्यक्रममार्फत अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्दै गुणस्तरीय शिक्षा र अनुसन्धान प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *