Categories राजनीति

पर्सा–३ मा एमाले सुदृढ, जसपा नेपालका ३० बढी नेता रुपेश पाण्डेयको पक्षमा

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) को चुनावी अभियान थप मजबुत बन्दै गएको छ। बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीमा शुक्रबार आयोजित एक कार्यक्रममा तत्कालीन लोसपा तथा हाल जनता समाजवादी पार्टी (जसपा) नेपालसँग आवद्ध ३० भन्दा बढी नेताकार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।

एमाले उम्मेदवार रुपेश पाण्डेको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा बढई साह गोढको नेतृत्वमा स्थानीय नेताहरूले सामूहिक रूपमा पार्टी परित्याग गर्दै एमाले रोजेका हुन्। नवप्रवेशीहरूलाई पाण्डेयले अबीर टीका लगाएर पार्टीमा स्वागत गर्दै पर्सा–३ को विकास र स्थायित्वका लागि एकताबद्ध हुन आह्वान गरे।

Advertisement

कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य प्रहलाद गिरी र पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहानलगायत एमाले नेताहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले पाण्डेयको उम्मेदवारीले क्षेत्रको विकासलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे।

Advertisement

यसैबीच, बहुदरमाई नगरपालिका–१ निवासी तथा जसपा नेपालका वडा कमिटी अध्यक्ष जटाशंकर यादव पनि एमालेमा समाहित भएका छन्। रंगपुरस्थित एमाले सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा उनलाई उम्मेदवार पाण्डेयसहित एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, पटेर्वा सुगौली गाउँपालिकाका पूर्वअध्यक्ष हरिनारायण चौधरी र वडा अध्यक्ष फरमान अन्सारीले खादा तथा टीका लगाएर स्वागत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *