Categories राजनीति

जसपा नेता यादवसहित २५० जना एमालेमा प्रवेश, प्रदीप यादवद्वारा स्वागत

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका वीरगञ्ज–२३ का वडा इकाइ अध्यक्ष जमुना यादवसहित करिब २ सय ५० भन्दा बढी नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।

शुक्रबार प्रसौनीमा आयोजित वडा भेलामा उनीहरूलाई पर्सा–१ का एमाले उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले अबिर टीका लगाएर स्वागत गरे।

Advertisement

कार्यक्रममा यादवले पर्सा–१ मा एमालेको संगठनात्मक आधार थप बलियो भएको दाबी गर्दै संघीयता, समावेशीतालगायत उपलब्धिको रक्षा एमालेले मात्र गर्न सक्ने बताए। उनले आगामी फागुन २१ को निर्वाचनमा जनताको सुखदुःखमा साथ दिने उम्मेदवारलाई मूल्यांकन गरेर मतदान गर्न आग्रह गरे।

Advertisement

वडा कमिटी अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा, मधेस प्रदेश उपाध्यक्ष विचारी यादवलगायत नेताहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *