Categories राजनीति

ओमप्रकाश सरार्फको घरदैलो अभियानः नगवामा स्थानीय समस्यामा समाधानमुखी छलफल

Advertisement

वीरगंज । पर्सा क्षेत्र नं. १ अन्तर्गत वडा नं. १६ नगवा टोलमा जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओमप्रकाश सर्राफले घरदैलो अभियान सम्पन्न गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका छन्।

अभियानमा वर्षायाममा हुने डुबान, ढलनाला व्यवस्थापन, भित्री सडकको दुरवस्था, सडक बत्ती, खानेपानी आपूर्ति, फोहोर व्यवस्थापन, स्वास्थ्य र शिक्षा तथा बेरोजगारी जस्ता स्थानीय समस्याहरू उठाइए।

Advertisement

उम्मेदवार सर्राफले दीर्घकालीन पूर्वाधार विकास, ट्राफिक व्यवस्थापन, स्वरोजगार प्रवर्द्धन र पानी तथा सरसफाइ व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। यस क्रममा स्थानीय बासिन्दासँग खुला छलफल गर्दै उनीहरूले प्रत्यक्ष सुझाव सँगाले र समाधानका खाका प्रस्तुत गरे।

Advertisement

अभियानले वडा नं. १६ मा सकारात्मक ऊर्जा थपेको स्थानीयहरूले बताएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *