Categories राजनीति

पर्सागढीमा टेमानी संकटमा, नेता कार्यकर्ता अन्य दलतर्फ आकर्षित

Advertisement

वीरगंज । जसपा नेपाल विलय भएपछि पर्सा जिल्लाको राजनीतिक समीकरणमा व्यापक परिवर्तन आएको छ। यसले मधेस केन्द्रित राजनीतिक शक्तिहरूको संरचना मात्र होइन, स्थानीय नेताहरूको रणनीतिमा समेत प्रत्यक्ष प्रभाव पारेको देखिन्छ।

यसैक्रममा पर्साका उदाउँदा नेता अशोक टेमानी अप्ठ्यारो परिस्थितिमा पुगेका छन्। उनले जसपा नेपालको संगठनात्मक आधारलाई टेकेर अगाडि बढ्ने दीर्घकालीन योजना बनाएका थिए। तर पार्टी विलयसँगै उनको राजनीतिक मार्ग अन्योलपूर्ण बनेको विश्लेषण गरिएको छ।

Advertisement

टेमानीले पर्सागढी क्षेत्रको जिम्मेवारी युवा नेता सुरज मनन्धरलाई सुम्पेका थिए। मनन्धरको नेतृत्वमा उक्त क्षेत्रमा दुई पटकसम्म ठूलो भेला तथा संगठन सुदृढीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। सोही संरचना र टोलीमाथि भरोसा गर्दै टेमानीले आफ्नो आगामी राजनीतिक यात्रा तय गरेका थिए।

Advertisement

तर पछिल्लो समय मनन्धरले अप्रत्याशित रूपमा जसपा नेपाल परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेपछि टेमानीको रणनीतिमा ठूलो धक्का पुगेको छ। पर्सागढीमा निर्माण गरिएको संगठनात्मक आधार कमजोर बन्दै गएको छ भने समर्थकहरूमा अन्योल र असन्तुष्टि बढ्दो देखिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्ला घटनाक्रमले टेमानीको आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्य बन्ने आकांक्षामा समेत प्रत्यक्ष असर पार्न सक्ने संकेत देखिएको छ। पर्साको बदलिँदो राजनीतिक सन्तुलनले अब नयाँ गठबन्धन र शक्ति समिकरणको दिशा तय गर्ने देखिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *