Categories समाचार

एमाले नेता सञ्जीव मिश्रले पार्टी छोडे, नयाँ राजनीतिक यात्रा तय हुने संकेत

Advertisement

वीरगञ्ज । नेकपा (एमाले) का युवा नेता एवं पूर्व मधेश प्रदेश कमिटी सदस्य सञ्जीव मिश्रले पार्टी छोड्ने निर्णय सार्वजनिक गरेका छन् । करिब १५ वर्षदेखि पार्टीमा आबद्ध रहँदै विभिन्न जिम्मेवारी सम्हालेका मिश्रले आज प्रेस विज्ञप्ति मार्फत आफ्नो पार्टी परित्यागको जानकारी दिए ।

मिश्रले पार्टीको संगठन निर्माणमा लामो समय सक्रिय योगदान दिएका छन् । उनले पार्टीको युवा फाँट, जिल्ला कमिटी सदस्य, उप–सचिव र मधेश प्रदेश कमिटी सदस्य जस्ता महत्वपूर्ण पदहरूमा काम गरिसकेका छन् ।

Advertisement

पार्टी छोड्ने निर्णयको कारणबारे मिश्रले भने, “१५ वर्षसम्म पार्टी, विचार र संगठनका लागि इमानदारीपूर्वक योगदान दिएँ। तर, बदलिँदो समय, आफ्नो राजनीतिक दृष्टिकोण र आत्मसम्मानलाई ध्यानमा राख्दै मैले आजबाट एमालेसँगको यात्रा टुङ्ग्याउने निर्णय गरेको छु।”

Advertisement

उनले आफ्नो राजनीतिक यात्रामा साथ दिएका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई धन्यवाद दिए र आगामी दिनमा पनि जनताको हित र सत्यको राजनीतिमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। मिश्रको आगामी राजनीतिक दिशा के हुने हो भन्ने विषयमा अहिले चासो बढिरहेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *