Categories शिक्षा समाचार

ब्राइट +२ कलेजमा उल्लासपूर्वक रंगोत्सव २०८२ सम्पन्न

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ स्थित ब्राइट +२ कलेजले रंगोत्सव २०८२ उल्लासपूर्ण वातावरणमा मनाएको छ। कलेज परिसरमा आयोजित कार्यक्रम कलेजका संस्थापक मुकेश गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो।

“रङहरूको पर्व : खुशी र एकता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा गीत संगीत, गायन, हास्य प्रस्तुति तथा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनुका साथै होली पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वबारे विद्यार्थीहरूलाई जानकारी गराइएको थियो।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक गुप्ताले होली केवल रङ खेल्ने पर्व मात्र नभई आपसी सद्भाव, भाइचारा, प्रेम र सहिष्णुताको सन्देश दिने महान चाड भएको बताए। उनले होलीले समाजमा रहेका विभेद, वैमनस्य र नकारात्मक सोचलाई अन्त्य गर्दै एकता र मेलमिलापको भावना बलियो बनाउने उल्लेख गरे। “शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुँदैन, यस्ता सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक चेतनामा महत्वपूर्ण योगदान पुर्‍याउँछन्,” उनले भने।

Advertisement

गुप्ताले कलेजले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै भविष्यमा पनि यस्ता सिर्जनात्मक तथा संस्कृतिमूलक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा शिक्षक तथा विद्यार्थीहरूले एक अर्काबीच शुभकामना आदानप्रदान गर्दै मर्यादित, सुरक्षित र सभ्य रूपमा होली पर्व मनाउने सन्देश दिएका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *