Categories समाचार

पोखरिया–९ का विभिन्न टोलमा एमाले उम्मेदवार रुपेश पाण्डेको घरदैलो अभियान


वीरगन्ज । पर्साको पोखरिया नगरपालिका–९ अन्तर्गत रानीगञ्ज र रहरिया टोलमा क्षेत्र नम्बर ३ का नेकपा एमालेका उम्मेदवार रुपेश पाण्डेयले घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।

घरदैलो अभियानका क्रममा उम्मेदवार पाण्डेयले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या र आवश्यकताबारे जानकारी लिएका छन् । सो अवसरमा स्थानीय बासिन्दाले खानेपानी, सडक, शिक्षा, स्वास्थ्य तथा रोजगारी लगायतका विषय उठान गरेका छन्।

Advertisement

पाण्डेयले क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्दै पूर्वाधार निर्माण, कृषि प्रवर्द्धन र युवाका लागि रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जनताबाट प्राप्त सुझावलाई आगामी योजना निर्माणमा समेट्ने बताए।

Advertisement

घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको समेत सहभागिता रहेको थियो। अभियानलाई निरन्तरता दिँदै क्षेत्रका अन्य वडामा पनि भेटघाट कार्यक्रम गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *