Categories समाचार

वीरगञ्जको आचार्य एकेडेमीमा हर्षोल्लासका साथ होली मिलन समारोह सम्पन्न

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३, प्रगतिनगरस्थित आचार्य एकेडेमीमा आज शुक्रबार हर्षोल्लासका साथ होली मिलन समारोह सम्पन्न भएको छ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले रंग–अबिर साटासाट गर्दै एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए।

Advertisement

समारोहको औपचारिक उद्घाटन विद्यालय प्रशासनले गरेको थियो। सो अवसरमा विद्यालयका प्रधानाध्यापक मोहम्मद सगीर अलीले होली पर्वले आपसी सद्भाव, भाइचारा र एकताको सन्देश दिने उल्लेख गर्दै सबैलाई सुरक्षित र मर्यादित ढंगले पर्व मनाउन आग्रह गर्नुभयो।

Advertisement

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत तथा कविता प्रस्तुत गरी समारोहलाई थप आकर्षक बनाएका थिए। अनुशासित र मर्यादित वातावरणमा सम्पन्न कार्यक्रमले विद्यालय परिवारबीचको आपसी सम्बन्ध अझ सुदृढ भएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमको अन्त्य सामूहिक शुभकामना आदानप्रदान तथा रंगोत्सवका साथ गरिएको विद्यालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *