Categories राजनीति

पर्सा–२ मा रास्वपा उम्मेदवार कानुको प्रतिबद्धता : कृषकलाई समयमै मल उपलब्ध गराइने

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले कृषकहरूलाई समयमै मल तथा खाद उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार बहुदरमाई नगरपालिका–४ डकैला बहुआरी टोलमा घरदैलो कार्यक्रम गर्दै उनले मलखाद अभावका कारण कृषकहरूले भोग्दै आएको समस्या समाधान गर्ने दाबी गरे। निर्वाचित भए आपूर्ति प्रणालीलाई व्यवस्थित गरी समयमै मल उपलब्ध गराउने उनको भनाइ थियो।

Advertisement

कानुले तरकारी खेतीका लागि आवश्यक मल सुनिश्चित गर्ने, उत्पादन सुरक्षित राख्न शीत भण्डार निर्माण गर्ने र बजारसम्म सहज पहुँच विस्तार गर्ने योजना अघि सारे। साथै बेरोजगारी न्यूनीकरणका लागि सीपमूलक तालिम र स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *