Categories समाचार

पर्सामा निर्वाचन तयारीबारे सञ्चारकर्मीसँग अन्तरक्रिया

वीरगञ्ज । जिल्ला निर्वाचन कार्यालय पर्साको आयोजनामा “निर्वाचन र आम सञ्चार” विषयक एकदिने अन्तरक्रिया कार्यक्रम आइतबार वीरगञ्जमा सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा आयोजित कार्यक्रममा आगामी निर्वाचनको तयारी, सम्पन्न गरिएका गतिविधि तथा व्यवस्थापन पक्षबारे जानकारी साझा गरिएको थियो।

Advertisement

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी अनामिका रौनियारले मतदाता शिक्षा अभियान, आचारसंहिता कार्यान्वयन र निर्वाचन व्यवस्थापनका विविध चरणबारे प्रस्तुति दिँदै पारदर्शी र विश्वसनीय निर्वाचनका लागि कार्यालयले गरिरहेको प्रयासबारे प्रकाश पारिन्।

Advertisement

अन्तरक्रियाका क्रममा सञ्चारकर्मीहरूले राखेका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै प्रमुख जिल्ला अधिकारी भोला दाहाल र निर्वाचन अधिकारी रौनियारले स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सुनिश्चित गर्न सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *