Categories राजनीति

विभिन्न दलका नेता कार्यकर्ता एमालेमा प्रवेश

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा विभिन्न दल परित्याग गरी नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गर्ने क्रम जारी रहेको छ।

हालै श्रम संस्कृति पार्टीका वीरगञ्ज महानगरपालिका नगर अध्यक्ष शोयब अख्तर एमालेमा प्रवेश गरेका छन्। त्यसैगरी, वीरगञ्ज महानगरपालिका वडा नं. १८ सौराहामा राकेश यादवको नेतृत्वमा केही युवाहरूले नेपाली कांग्रेस त्याग गरी एमालेमा आबद्ध भएका छन्। वडा नं. २० हरपतगञ्जमा शंकर सिंहको नेतृत्वमा पनि केही नेता–कार्यकर्ताले कांग्रेस परित्याग गरी एमाले रोजेका छन्।

Advertisement

नवप्रवेशीहरूलाई एमाले पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले स्वागत गरेका थिए। कार्यक्रममा उनले संगठन सुदृढीकरण र विकासका एजेन्डामा सहकार्य गर्दै अघि बढ्ने बताए।

Advertisement

वीरगञ्जका विभिन्न वडामा भइरहेको पार्टी प्रवेशले स्थानीय राजनीतिक गतिविधि सक्रिय देखिएको छ। चुनाव नजिकिँदै जाँदा दलहरूबीच प्रतिस्पर्धा बढ्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *