Categories समाचार

समृद्ध नेपाल फाउण्डेशन को होली मिलन समारोह भव्य रूपमा सम्पन्न

Advertisement

वीरगञ्ज । समृद्ध नेपाल फाउण्डेशन को आयोजनामा होली मिलन समारोह भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।

सुरज कुमार सर्राफको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा रंग, सद्भाव र आपसी एकताको सन्देश झल्किएको थियो। विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा समाजसेवी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको समारोहले आपसी सम्बन्ध थप सुदृढ बनाउने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथिका रूपमा राज शाह तथा विशिष्ट अतिथिका रुपमा ओसन गुप्ता र दिलिप राज कार्की सहभागी भएका थिए।

Advertisement

वक्ताहरूले होली पर्वले समाजमा भाइचारा, सहकार्य र सकारात्मक ऊर्जा अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमले सामाजिक एकता मजबुत पार्ने धारणा राखे।

समारोहमा शुभकामना आदानप्रदान, सामूहिक भेटघाट तथा आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *