वीरगञ्ज । वीरगञ्ज–११ श्रीपुरस्थित नेपाल नागरिक फाउण्डेशन श्रीपुरको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सोमबार फाउण्डेशनको कार्यालय परिसरमा आयोजना गरिएको थियो।
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सूरज महतो धानुकको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा भागरित महतो धानुक उपस्थित थिए। साथै नेकपाका पूर्व वडा अध्यक्ष प्रधूमन सेडाई, जसपाका नेता सुन्दर साह कानू, समाजसेवीहरू महन्थ महतो धानुक, बलि महतो, बिरबल महतो धानुक, महिन्द्र महतो धानुक, प्रभू महतो, मोहन महतो, सुनील यादव तथा युवा नेता दिलिप साहलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
क्लबका पदाधिकारीहरूमध्ये उपाध्यक्ष राम साह, सचिव रामप्रित महतो, कोषाध्यक्ष ग्यानेन्द्र महतो तथा सदस्यहरू सन्दीप महतो, जय पूजन ठाकुर, चन्दन महतो र राजा गिरि सहभागी भएका थिए। कार्यक्रममा सहभागीहरूले आपसी सद्भाव, एकता र सामाजिक सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।






