वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट धनुषा–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी रद्द गरिएको छ।
निर्वाचन प्रक्रियाका क्रममा आवश्यक जाँचबुझ गर्दा बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा नाम रहेको प्रमाण फेला परेपछि उनको मनोनयन खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ। कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार कानुनी प्रावधानअनुसार उम्मेदवारी अयोग्य ठहर गरिएको हो।
अब धनुषा क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का रामचन्द्र मण्डल, नेपाली कांग्रेसका राम पलटन साह र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का मातृका प्रसाद यादवबीच हुने भएको छ।






