Categories समाचार

वीरगन्जमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना आदानप्रदान

वीरगन्ज । ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समिति पर्साले वीरगन्जमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा विभिन्न क्षेत्रका महिला, उद्योगी व्यवसायी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले महिला सशक्तीकरण, उद्यमशीलता विकास तथा समाजमा महिलाको बढ्दो भूमिकाबारे आफ्ना धारणा राखेका थिए।

Advertisement

समितिकी अध्यक्ष राधा हमालले कार्यक्रमलाई सम्बोधन गर्दै उपस्थित भई साथ र सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरिन्। उनले महिला उद्यमशीलता प्रवर्द्धन र सशक्तीकरणका कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढाइने बताइन्।

Advertisement

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समिति पर्साले धन्यवाद व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *