Categories समाचार

मौन अवधिमा भ्रामक समाचार प्रकाशन, नगर प्रमुखका स्वकीय सचिवको कडा प्रतिक्रिया

Advertisement

वीरगंज । वीरगंजबाट प्रकाशन हुने एक अनलाइनले “सामाजिक सद्भाव खलबलाई निर्वाचन भाँड्ने षडयन्त्र असफल” शीर्षक दिई वीरगंज–१९ ईनर्वामा बम फेला परेको विषयमा कुनै पुष्टि र प्रमाणविना वीरगंज महानगरपालिकाका प्रमुखलाई जोडेर बदनाम गर्ने प्रयास गरेको भन्दै नगर प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

उनका अनुसार समाचारमै अनुसन्धान अधिकारीद्वारा घटनाको थप छानबिन जारी रहेको उल्लेख हुँदाहुँदै पनि पूर्वाग्रही ढंगले अन्य व्यक्तिलाई जोडेर आरोप लगाइनु पत्रकारिताको न्यूनतम मूल्य, मान्यता, प्रचलित कानुनी व्यवस्था तथा निर्वाचन आचारसंहिताविपरीत रहेको स्पष्ट देखिन्छ।

Advertisement

स्वकीय सचिव घिमिरेले मौन अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निजी निवासमै रहनुभएका नगर प्रमुख राजेशमान सिंह लाई लक्षित गरी अपुष्ट तथा भ्रामक सामग्री प्रकाशन गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र पारदर्शितामा प्रत्यक्ष आघात पुर्‍याउने कार्य भएको उल्लेख गरे। यस प्रकारको सामग्री मत प्रभावित पार्ने उद्देश्यले प्रकाशित गरिएको देखिएको उनको भनाइ छ।

Advertisement

उनले सामाजिक सद्भाव खल्बल्याउने, निर्वाचन आचारसंहिता उल्लंघन गर्ने तथा व्यक्तिको चरित्रहत्या गर्ने उद्देश्यले गरिएको उक्त प्रकाशनमाथि यथाशीघ्र निष्पक्ष छानबिन गरी संलग्न व्यक्ति तथा सञ्चारमाध्यमलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन्। साथै, निर्वाचन आचारसंहिता उल्लंघनबारे आवश्यक कारबाही गर्न निर्वाचन आयोग नेपाल सँग अनुरोध गरिएको छ।

स्वतन्त्र प्रेसको नाममा गलत प्रवृत्ति देखिएको भन्दै उनले सञ्चारसम्बद्ध संस्थाहरूको ध्यानाकर्षण गराएका छन्। बन्द कोठामा बसेर काल्पनिक विषयवस्तु तयार गरी बदनाम गर्ने कार्यप्रति सचेत रहन उनले सबैमा आग्रह गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *