Categories राजनीति

पर्सा–३ का प्रभावशाली उम्मेदवार यादवले एमालेका पाण्डेयलाई गरे समर्थन

Advertisement

वीरगन्ज । पर्सा क्षेत्र नम्बर ३ का जयमातृभूमी पार्टीका तर्फबाट प्रत्यक्ष तर्फका उम्मेदवार राजकुमार यादवले नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयलाई समर्थन जनाएका छन् ।

मंगलबार बेलुकी एमाले उम्मेदवार पाण्डेयलाई अबीरटीका र खादा लगाएर यादवले समर्थन जनाएका हुन् ।

Advertisement

यादव, पर्सा क्षेत्र नम्बर ३ मा प्रभावशाली नेताका रुपमा स्थापित छन् । २०७९ सालको निर्वाचनमा यादवले नेपाल सुशासन पार्टीको उम्मेदवार बनेर १० हजार ५०३ मत ल्याएर तेस्रो स्थानमा रहेका थिए । त्यसअघि २०७४ को निर्वाचनमा पनि उनि नेपाली संघीय समाजवादीको उम्मेदवार बनेर १० हजार ९ मत ल्याएका थिए ।

Advertisement

यस निर्वाचनमा यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएर एमालेका उम्मेदवार पाण्डेयलाई समर्थन गरेपछि अब पर्सा–३ मा चुनावी भिडन्त थप रोचक बनेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *