Categories समाचार

राष्ट्रिय पार्टी बन्ने दौडमा श्रम संस्कृति पार्टी, थ्रेसहोल्ड नजिक

काठमाडौं । हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी बन्ने सम्भावनाको निकै नजिक पुगेको छ। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहँदा उक्त पार्टीले आवश्यक मतको सीमा पार गर्ने सम्भावना बलियो बन्दै गएको हो।

नेपालको निर्वाचन व्यवस्थाअनुसार कुनै पनि दलले राष्ट्रिय पार्टीको मान्यता पाउन समानुपातिकतर्फ खसेको कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। यसपटक करिब १ करोड ९ लाखभन्दा बढी मत खसेको अनुमान गरिएकाले राष्ट्रिय पार्टी बन्न करिब ३ लाख ३० हजार आसपास मत आवश्यक पर्ने देखिन्छ।

Advertisement

हालसम्मको गणनाअनुसार श्रम संस्कृति पार्टी ले ३ लाख १ हजार २ सय १७ मत प्राप्त गरिसकेको छ। यस आधारमा पार्टीलाई थ्रेसहोल्ड पार गर्न अब केही हजार मत मात्रै आवश्यक पर्ने देखिएको छ। मतगणना अझै जारी रहेकाले आवश्यक मत पुग्ने सम्भावना कायम रहेको छ।

Advertisement

यता समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ले ४१ लाख ५९ हजार ६ सय ३ मत प्राप्त गर्दै अग्रस्थान कायम राखेको छ। त्यस्तै नेपाली कांग्रेस ले करिब १४ लाख मत प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ११ लाख ७५ हजारभन्दा बढी मत पाएको छ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पनि ६ लाखभन्दा बढी मत प्राप्त गरेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।

समानुपातिकतर्फको मतगणना अझै जारी रहेकाले अन्तिम नतिजासँगै दलहरूको वास्तविक अवस्था स्पष्ट हुने निर्वाचन आयोग ले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *