Categories समाचार

टिकटक मार्फत झुठो परिचय दिँदै बालिका भगाउने प्रयास रोकियो, दुइजना पक्राउ

वीरगंज । भारत–नेपाल सीमा क्षेत्र रक्सौलस्थित मैत्री पुल नजिकबाट सशस्त्र सीमा बल (एसएसबी) को मानव तस्करी विरोधी इकाइ (AHTU)–४७औँ वाहिनीले एक नाबालिग बालिकालाई उद्धार गरेको छ।

सूचनाका आधारमा निगरानी गरिरहेको टोलीले भारतबाट नेपालतर्फ जाँदै गरेका दुई शंकास्पद व्यक्तिलाई बालिकासहित रोकेको थियो। सोधपुछका क्रममा बालिका बिहारको मोतिहारीकी रहेको तथा आरोपी मोहम्मद अरमान (नेपाल, पर्सा) र इकबाल अन्सारी (नरकटियागञ्ज, बिहार) रहेको खुल्यो।

Advertisement

अनुसन्धानमा अरमानले टिकटक मार्फत ‘गोलु’ नाम प्रयोग गरी करिब चार महिनाअघि बालिकासँग चिनजान बढाएर विवाहको झाँसा दिई घरबाट भगाएर नेपाल लैजाने योजना बनाएको पत्ता लागेको छ।

Advertisement

एसएसबीको सतर्कताका कारण बालिकालाई सुरक्षित उद्धार गरिएको छ भने दुवै आरोपीलाई थप कारबाहीका लागि हरैया थाना प्रहरीलाई बुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *