वीरगन्ज । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ बाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
सोमबार राति ईलाका प्रहरी कार्यालय पेटुर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको ननेतृत्वमा खटिएको प्रहरी टोलीले २ सय १३ केजी गाँजासहित मे १ त ५७१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, पटेर्वा सुगौली–१ सोनवर्षाबाट गाँजा लोड गरेर जाँदै गरेको उक्त ट्याक्टरलाई प्रहरीले सोनवर्षाबाटै पछ्याउँदै गएकोमा जगरनाथपुर गाँउपालिका–४ मा पुग्दा तस्करहरु गाँजा सहितको ट्याक्टर छाडेर फरार भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
प्रहरीका अनुसार पटेर्वा सुगौली गाउँपालिकाको सोनवर्षाबाट गाँजा लोड गरी भारततर्फ लैजाँदै गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक अधिकारीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।
ट्याक्टर धनी र गाँजा तस्करहरु सोनवर्षा गाँउका रहेको प्रहरीले बताएपनि उनिहरुको पहिचान भने खेलाएको छैन । बरामद गाँजासहितको टेयाक्टर ईलाका प्रहरी कार्यालयमा राखिएको भन्दै प्रहरी निरीक्षक अधिकारीले फरार रहेका ट्याक्टरका चालक, धनी र तस्करहरूको खोजी भइरहेको बताए । मधेसखबरबाट साभार






