Categories समाचार

पर्सामा जन्ती बोकेको कार दुर्घटना, चालकको मृत्यु

Advertisement

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित गण्डक नहर नजिक सोमबार राति जन्ती जाँदै गरेको कार दुर्घटनामा पर्दा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

बहुदरमाई नगरपालिका–८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनी गाउँपालिकाको एकडरवा गाउँतर्फ जन्ती लिएर जाँदै गरेको बीआर ०६४५ नम्बरको कार राति करिब ९:१५ बजे अनियन्त्रित भई गण्डक नहर छेउको पिपलको रुखमा ठोक्किँदा दुर्घटना भएको हो।

Advertisement

दुर्घटनामा चालकसहित दुई जना गम्भीर घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा चालकको राति १०:१५ बजे मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

Advertisement

मृतक चालकको नाम र ठेगाना अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अर्का व्यक्तिको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *