Categories खेलकुद

वीरगंजमा मारवाडी प्रिमियर लिग (MPL) क्रिकेट प्रतियोगिता सुरु

वीरगंज । ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर–१० पर्सा तथा मारवाडी युवा समाजको संयुक्त आयोजनामा मारवाडी प्रिमियर लिग (MPL) क्रिकेट प्रतियोगिता को प्रारम्भ तथा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

वीरगंज महानगरपालिका–१० स्थित आदर्शनगर रंगशाला (पानी टंकी) मा शुक्रबार आयोजित कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी भई प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन।

Advertisement

कार्यक्रम ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका संस्थापक जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा सुरक्षा निकायका प्रमुखहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, खेलप्रेमी, युवा तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले खेलकुदले समाजमा अनुशासन, एकता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने बताउँदै यस्ता प्रतियोगिताले युवाहरूलाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे। उनले वीरगंज महानगरपालिका खेलकुदको विकास तथा युवाहरूको प्रतिभा प्रस्फुटनका लागि सदैव सहयोग गर्न तयार रहेको पनि उल्लेख गरे।

आयोजकका अनुसार प्रतियोगितामा विभिन्न टिमहरूको सहभागिता रहनेछ र खेलमार्फत युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउने, आपसी सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। साथै प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी अतिथिहरूले पनि प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै खेलकुदमार्फत समाजमा सकारात्मक ऊर्जा फैलिने धारणा राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *