Categories समाचार

स्कारपियोले जन्तीकाे भीडमा ठक्कर दिँदा १ जनाको मृत्यु, ११ जना घाइते

Advertisement

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१० स्थित सितापुरमा स्कारपियो गाडीले जन्तीकाे भीडमा ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

शुक्रबार साँझ करिब ७ बजे बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको  DL9CZO777 नम्बरको स्कारपियोले विवाहमा सहभागी जन्तीलाई ठक्कर दिएको हो। 

Advertisement

दुर्घटनामा परेर बरहथवा–१० का ५० वर्षीय नारायण जर्गा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। मगरको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।

Advertisement

दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेहरूको हनुमन्त अस्पताल, नगर अस्पताल र एडभान्स अस्पताल बरहथवामा उपचार भइरहेको छ।

गम्भीर घाइते हुनेमा रौतहट दोस्तिया पिपरिया बस्ने ७० वर्षीय कमल पटेल र रौतहट गढीमाई नगरपालिका–११ की ४५ वर्षीया बन्धना पटेल रहेका छन्। उनीहरू बेहोस अवस्थामा उपचाररत रहेको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरूमा रुपेश मण्डल, प्रतिमा कुमारी पटेल, दिलिप राय, चन्दन पासवान, दीपिका जैसवाल, रामजी राय, मुकेश राउत, रामनारायण ठाकुर र गुलाब कुमारी मण्डल रहेका छन्। उनीहरूको अवस्था मध्यम रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *