Categories समाचार

बालेन शाहद्वारा ओलीप्रति समवेदना

Advertisement

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोकमा समवेदना प्रकट गरेका छन्।

ओलीको पिताको निधनप्रति संवेदना व्यक्त गर्दै बालेनले भनेका छन्, “पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन।”

Advertisement

साथै उनले आफूले केही समय अघि मात्रै पिता गुमाएका अनुभव स्मरण गर्दै लेखेका छन्, “पिताको अनुपस्थितिले जीवनमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव सिर्जना गर्छ भन्ने मलाई गहिरोसँग महसुस भएको छ।”

Advertisement

बालेनको यो सन्देशले व्यक्तिगत अनुभवबाट आएको करुणा र समवेदनालाई जनाउँदै, ओली र उनका परिवारप्रति सहानुभूति व्यक्त गरेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *