Categories धर्म/संस्कृति

पशुपति क्षेत्रबाट सुरु हुने बृहत् पाशुपत पदयात्रा, विभिन्न सिद्धलिङ्गको दर्शन गरिने

Advertisement

काठमाडौं । भगवान् श्री पशुपतिनाथ र पवित्र वाग्मती नदीप्रति क्षमायाचना तथा प्रायश्चित गर्ने उद्देश्यले ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा–२०८२’ आयोजना गरिने भएको छ।

महेश सन्न्यास आश्रमका पीठाधीश तथा ‘महेश संस्कृत गुरुकुलम्’का अध्यक्ष स्वामी रमणानन्द गिरीको सत्सङ्कल्पमा उक्त पदयात्रा आयोजना गर्न लागिएको हो। यस यात्रामार्फत आराध्यदेव भगवान् श्री पशुपतिनाथको महिमा, पाशुपतक्षेत्रको धार्मिक महत्व र वाग्मती नदीको पवित्रताबारे सनातनी हिन्दू तथा सम्पूर्ण नेपालीलाई सचेत गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

Advertisement

साथै वाग्मती नदी प्रदूषित भएको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै त्यसप्रति सामूहिक प्रायश्चित र संरक्षणको सन्देश दिन पनि पदयात्रा आयोजना गरिएको बताइएको छ।

Advertisement

कार्यक्रमअन्तर्गत आगामी चैत १५ गते पशुपति शंकराचार्य मठमा समुद्घाटन, पशुपति पूजा तथा वाग्मती गङ्गाको विशेष आरती गरिनेछ। त्यसपछि चैत १६ गते पशुपति क्षेत्रबाट औपचारिक रूपमा पाशुपत पदयात्रा सुरु हुनेछ। यात्राको प्रारम्भ आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट गरिने जनाइएको छ।

कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरी फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र जनकपुरलगायत विभिन्न स्थानमा रहेका सिद्धलिङ्गहरूको दर्शन गर्दै पदयात्रा अघि बढाइने कार्यक्रम रहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *