Categories समाचार

वीरगञ्ज : सशस्त्र प्रहरीको कुटपिटबाट एकै परिवारका तीन जना घाइते

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रमा सशस्त्र प्रहरीको कुटपिटबाट एक महिला र उनका दुई नाबालक छोरा घाइते भएका छन्। पीडित परिवारले सिरिसिया शिक्षा अफिस बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा आएको टोलीले आफूहरूमाथि निर्घात कुटपिट गरेको आरोप लगाएको छ।

पीडितका अनुसार उनीहरू जीविकोपार्जनका लागि भारतको सीमावर्ती बजारबाट साना–साना सामान किनेर नेपाल ल्याई वीरगञ्ज बजारमा बेच्दै आएका थिए। सोही क्रममा अवैध ओसारपसार गरेको आरोप लगाउँदै सशस्त्र प्रहरीको टोलीले कुटपिट गरेको परिवारको भनाइ छ।

Advertisement

कुटपिटबाट एक नाबालकको आँखामा गम्भीर चोट लागेको छ। उपचारका क्रममा उनको आँखामा पाँच वटा टाँका लगाउनु परेको उनकी आमाले बताएकी छन्। घटनामा अन्य दुई जना पनि घाइते भएका छन्।

Advertisement

पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। घटनाबारे थप अनुसन्धान आवश्यक रहेको स्थानीय स्रोतले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *