वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक एक दिनका लागि सारिएको छ। शनिबार बस्ने भनिएको बैठक अब आइतबार बिहानका लागि तय गरिएको पार्टीले जनाएको छ।
पार्टीका प्रवक्ता मनिष झा ले सूचना जारी गर्दै आजका लागि तय गरिएको बैठक भोलि बिहान बस्ने जानकारी दिएका हुन्। उनका अनुसार पार्टी सभापति रवि लामिछाने को निर्देशनअनुसार बैठक आइतबार बिहान १० बजेका लागि निर्धारण गरिएको छ।
बैठक वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकको मुख्य एजेन्डा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने रहेको प्रवक्ता झाले जानकारी दिएका छन्।






