Categories मनोरञ्जन

भोजपुरीका चर्चित अभिनेता सिंह र भाद्धवाज वीरगञ्जमा

Advertisement

वीरगञ्ज । दक्षिण भारतीय, हिन्दी तथा भोजपुरी फिल्मका चर्चित अभिनेता देव सिंह र कुन्दन भारद्धवाज फिल्मको सम्भावित छायांकनका लागि सेट तथा लोकेसन अवलोकन गर्न पर्साको वीरगंज आएका छन्।

उनीहरू सहितको टोलीले वीरगञ्ज तथा आसपासका विभिन्न स्थानको अवलोकन गर्दै यहाँका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक स्थलहरूबारे जानकारी लिएको छ। स्थानीय क्षेत्र रमणीय र ऐतिहासिक रहेको थाहा पाउँदा निकै खुसी लागेको कलाकारहरूको प्रतिक्रिया थियो।

Advertisement

वीरगञ्जका केही प्रसिद्ध स्थलहरू अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अभिनेता देव सिंहले नेपाल आउँदा आफूलाई आफ्नै घर आएको जस्तो अनुभूति हुने बताए। उनले वीरगञ्जमा भोजपुरी भाषी समुदायको ठूलो बसोबास रहेकाले यहाँका दर्शकबाट आफूले विशेष माया पाउने विश्वास व्यक्त गरे।

Advertisement

दक्षिण भारतीय र हिन्दी फिल्म तथा टेलिभिजन सिरियलमा अभिनय गरे पनि देव सिंहले विशेषगरी भोजपुरी फिल्म उद्योगबाट व्यापक लोकप्रियता हासिल गरेका छन्। उनका धेरै फिल्महरू भोजपुरी दर्शकमाझ निकै चर्चित छन्।

कलाकारहरूको टोलीलाई वीरगञ्ज तथा आसपासका क्षेत्रको भ्रमण गराउन स्थानीय कलाकार विजय पटेल (टाइसन)ले सहजीकरण गरेका थिए। उनले वीरगञ्जको सांस्कृतिक विविधता, ऐतिहासिक महत्व र सम्भावित फिल्म छायांकन स्थलहरूबारे जानकारी गराउँदै कलाकारहरूलाई विभिन्न स्थानको अवलोकन गराएका थिए।

आगामी दिनमा वीरगञ्ज तथा आसपासका क्षेत्रमा फिल्म छायांकन गर्ने सम्भावनाबारे पनि टोलीले प्रारम्भिक अध्ययन गरिरहेको बताइएको छ। स्थानीय कलाकार तथा सरोकारवालाहरूले अन्तर्राष्ट्रिय कलाकारहरूको आगमनले यस क्षेत्रको पर्यटन र फिल्म उद्योगको प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *