Categories राजनीति

एमालेले समानुपातिकतर्फ १६ उम्मेदवारको नाम गर्‍यो सिफारिस

वीरगंज । केपी शर्मा ओलीलाई पितृशोक परेका कारण रामबहादुर थापाको अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ १६ जना उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ।

बैठकपछि पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिँदै विभिन्न क्लस्टरका आधारमा उम्मेदवार छनोट गरी नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको बताए।

Advertisement

उनका अनुसार आदिवासी जनजाति क्लस्टरतर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्यको नाम सिफारिस गरिएको छ। खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, गुरुप्रसाद बराल, पुष्पराज कँडेल र यशोदा कुमारी बरालको नाम सिफारिस गरिएको छ। यशोदा बराललाई पिछडिएको क्षेत्र, अपाङ्गता तथा महिला क्लस्टरसमेत समेटिने गरी प्रस्ताव गरिएको भट्टले जानकारी दिए।

Advertisement

यस्तै थारु क्लस्टरतर्फ कृपाराम राणा, दलिततर्फ विष्णुमाया विक र निता घतानी तथा मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डलको नाम सिफारिस गरिएको छ। मुस्लिम क्लस्टरतर्फ साजिदा सिद्धिकीको नाम प्रस्ताव गरिएको छ।

उपमहासचिव भट्टका अनुसार सचिवालय बैठकमा समानुपातिक उम्मेदवार सिफारिससँगै अध्यक्ष ओलीप्रति परेको पितृशोकप्रति समवेदना व्यक्त गर्दै शोक प्रस्तावसमेत पारित गरिएको छ। बैठकले कुल १६ जनाको नाम आयोगमा पठाउने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *