Categories राजनीति

अब चुनाव नलड्ने तर जनताको सेवामा निरन्तर रहने पूर्वमन्त्री रमेश रिजालको घोषणा

Advertisement

वीरगञ्ज । नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं. ४ का नेता तथा पूर्वमन्त्री रमेश रिजालले अब आफू चुनाव नलड्ने तर जनताको सेवाबाट पछि नहट्ने बताएका छन्।

क्षेत्रका जनतासँग भेटघाटका क्रममा उनले भने, “अब म चुनाव लड्दिनँ, तर यस क्षेत्रका जनताको सेवा गर्नबाट कहिल्यै पछि हट्ने छैन।”

Advertisement

पूर्वमन्त्री रिजालले आफ्नो सहयोगबाट कसैको काम हुने अवस्था आएमा निर्धक्कसँग सम्झन आग्रह गर्दै जनतासँगको सम्बन्ध सधैँ कायम रहने बताए। उनले भने, “यदि मेरो सहयोगबाट कसैको कुनै काम हुन सक्छ भने मलाई अवश्य सम्झनुहोस्।”

Advertisement

जनतासँगको भेटघाटका क्रममा उनले क्षेत्रको विकास, जनताको समस्या र आवश्यकताप्रति आफू सधैँ संवेदनशील रहने बताउँदै आगामी दिनमा पनि सामाजिक तथा सार्वजनिक काममा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *