Categories कृषि

वीरगञ्ज महानगरद्वारा वैदेशिक रोजगारबाट फर्किएकालाई वेमौसमी तरकारी खेती तालिम

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका ले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई लक्षित गर्दै वेमौसमी तरकारी खेतीसम्बन्धी सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ।

महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गत राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममार्फत ७ दिने उक्त तालिम सञ्चालन गर्न लागिएको हो। तालिममार्फत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई कृषि क्षेत्रमा सीप प्रदान गरी स्वरोजगार बनाउन सहयोग गर्ने लक्ष्य महानगरपालिकाले राखेको छ।

Advertisement

महानगरपालिकाले सूचना प्रकाशित गर्दै तालिममा सहभागी हुन इच्छुक महानगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने नेपाली नागरिकहरूले रोजगार सेवा केन्द्रमा निवेदन दर्ता गराउन आग्रह गरेको छ।

Advertisement

निवेदन दर्ता गर्दा नेपाली नागरिकताको प्रतिलिपि, वैदेशिक रोजगारबाट फर्किएको पुष्टि हुने पासपोर्टको प्रतिलिपि तथा पासपोर्ट साइजका ३ प्रति फोटो अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा उपस्थित भई निवेदन दर्ता गराउन महानगरपालिकाले सम्बन्धित सबैमा जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *