Categories समाचार

राष्ट्रिय सभा सदस्यमा ओमप्रकाश अर्याल सिफारिस

वीरगंज । सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्तको सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री अर्याल स्वयंले यसबारे जानकारी दिएका हुन्।

Advertisement

उनका अनुसार मन्त्रिपरिषद् बैठकले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन हाललाई नेपाली दूतावासहरू रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मनमा, मस्कट, इस्लामाबाद, कायरो र तेल अबिब तथा नेपाली महावाणिज्य दूतावासहरू जेद्दा र दुबईले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ।

Advertisement

त्यस्तै बैठकले नेपालका हिमनदी बेसिन क्षेत्रमा हिमताल विस्फोटजन्य बाढी तथा जलवायु परिवर्तनजन्य बाढीबाट उत्पन्न जोखिम न्यूनीकरणमार्फत जीविकोपार्जन तथा सम्पत्तिको संरक्षण परियोजनाको लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममार्फत प्राप्त हुने दुई करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलरबराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *