Categories समाचार

ड्रेसअपको सफलता पछि अब ‘लेडिज एन्ड किड्स वेयर’ स्टोर सञ्चालनमा ल्याउँदै सर्राफ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–६ मेनरोडस्थित रुबिक लाउन्जको ठीक सामुन्ने नयाँ लेडिज तथा किड्स वेयर स्टोर सञ्चालनमा ल्याइने भएको छ। युवा उद्यमी तथा कन्टेन्ट क्रिएटर सुर्या सर्राफले नयाँ फेसन स्टोर छिट्टै सञ्चालनमा ल्याउन लागेको जानकारी दिएका छन्।

यसअघि आदर्शनगर चोकमा ‘ड्रेसअप वीरगञ्ज’ नामक फेसन स्टोर सफलतापूर्वक सञ्चालन गर्दै आएका सर्राफले व्यवसाय विस्तार गर्दै अब महिला तथा बालबालिकाका लागि विशेष पोशाक उपलब्ध गराउने उद्देश्यले नयाँ स्टोर सुरु गर्न लागेका हुन्।

Advertisement

सर्राफका अनुसार नयाँ स्टोरको उद्घाटन यही महिनाको ४ गतेभित्र गर्ने लक्ष्य राखिएको छ। स्टोरमा महिलाहरू र बालबालिकाका लागि दैनिक प्रयोगदेखि विशेष अवसरका लागि उपयुक्त आकर्षक तथा ट्रेन्डी पहिरनहरू उपलब्ध गराइने बताइएको छ।

Advertisement

सामाजिक सञ्जालमा क्रिएटिभ कन्टेन्टमार्फत युवाबीच लोकप्रिय सर्राफले आफ्नो सिर्जनात्मक सोचलाई व्यवसायसँग जोड्दै वीरगञ्जमा फेसन क्षेत्रलाई थप विस्तार गर्ने प्रयास गरिरहेका छन्।

उनले युवालाई स्वदेशमै उद्यमशीलतामा अघि बढ्न प्रेरित गर्ने उद्देश्यले व्यवसाय विस्तार गरिएको बताए। नयाँ स्टोर सञ्चालनमा आएपछि वीरगञ्जका ग्राहकहरूलाई गुणस्तरीय र आधुनिक फेसनका वस्त्रहरू सहज रूपमा उपलब्ध गराइने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *