Categories समाचार

सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद, दुई जना पक्राउ

Advertisement

वीरगञ्ज । सप्तरीको तिरहुत गाउँपालिका–२ बडहरास्थित कञ्चनपुर–राजविराज हुलाकी सडक खण्डबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले १ क्विन्टल ११ किलो ८ सय ग्राम गाँजाजस्तो देखिने पदार्थसहित दुई जनालाई शनिबार नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार फागुन ३० गते साँझ सोही सडक खण्डमा चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो। इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको सात जनाको टोलीले कञ्चनपुरबाट डिमनतर्फ जाँदै गरेको प्र.२–०१–००१ ह ००२२ नम्बरको अटो रोकी जाँच गरेको थियो।

Advertisement

जाँचका क्रममा अटोभित्र रहेका तीन वटा सेतो बोरा र एक वटा पहेँलो बोरा खोलेर हेर्दा कालो प्लास्टिकमा प्याक गरिएको छ वटा पोका फेला परेको प्रहरीले जनाएको छ। ती पोकाको तौल गर्दा प्लास्टिकसहित १ क्विन्टल ११ किलो ८ सय ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको हो।

Advertisement

घटनामा संलग्न रहेको आरोपमा अटो चालक सप्तरीको कञ्चनरूप नगरपालिका–७ सितापुरका ४२ वर्षीय जामुन महतो र अटोमा सवार सोही स्थानकी २८ वर्षीया कविता कुमारी माझीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो।

उहाँका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध सप्तरी जिल्ला अदालतबाट आइतबार लागुऔषध कसुर मुद्दामा सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखेर थप अनुसन्धान भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *