Categories अर्थ

सुन प्रतितोला १०० रुपैयाँले बढ्यो, चाँदी ५ रुपैयाँले घट्यो

Advertisement

वीरगञ्ज । सोमबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य उतार–चढाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ।

आजका लागि सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार ५०० रुपैयाँ कायम गरिएको छ। आइतबार भने सुन प्रतितोला तीन लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

यस्तै, चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले घटेको छ। हिजो प्रतितोला पाँच हजार २७० रुपैयाँमा किनबेच भएको चाँदी आजका लागि पाँच हजार २६५ रुपैयाँ तोकिएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *