Categories एजेन्सी

अस्पतालको आइसीयूमा आगलागी: १० बिरामीको मृत्यु, सरकारद्वारा राहत घोषणा

Advertisement

वीरगंज । भारतको ओडिशा राज्यस्थित कटक शहरको एससीबी मेडिकल कलेजको सघन उपचार कक्ष (आइसीयू)मा भीषण आगलागी हुँदा कम्तीमा १० बिरामीको मृत्यु भएको छ।

भारतीय अधिकारीहरूका अनुसार बिहान करिब साढे दुईदेखि तीन बजेको बीचमा अस्पतालको सघन उपचार कक्षमा आगो लागेको थियो।  आगलागीपछि गम्भीर अवस्थाका बिरामीहरूलाई अन्य कक्षमा सार्ने क्रममा कोलाहल मच्चिएको थियो।

Advertisement

उद्धारका क्रममा अस्पतालका ११ कर्मचारी घाइते भएका छन् भने २३ बिरामीलाई अन्य कक्षमा सारिएको बताइएको छ। घटनापछि दमकल, प्रहरी र चिकित्सालयका कर्मचारीले मिलेर आगो नियन्त्रणमा लिएका थिए।

Advertisement

घटनापछि राज्यका मुख्यमन्त्री मोहनचरण माझी र स्वास्थ्य मन्त्री मुकेश महालिङ अस्पताल पुगेका थिए। 

प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने बताइएको छ।  सरकारले मृतकका परिवारलाई जनही २५ लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *