Categories समाचार स्वास्थ्य

बंगुरपालकलाई अफ्रिकन स्वाइन फिभर रोकथामका लागि सतर्क रहन महानगरको आग्रह

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाले अफ्रिकन स्वाइन फिभर (ASF) रोगको पुष्टि भएको सन्दर्भमा सुँगुरपालक किसान र सम्बन्धित पक्षलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ।

महानगरपालिकासँग सिमाना जोडिएका केही स्थानीय तहमा यो रोग पुष्टि भएको जानकारी प्राप्त भएपछि नगर कार्यपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले यस्तो कदम चालेको हो।

Advertisement

सूचनामा भनिएको छ कि अफ्रिकन स्वाइन फिभर अत्यन्त संक्रामक रोग हो, जसले सुँगुर, बंगुर र बँदेल प्रजातिमा उच्च मृत्युदर उत्पन्न गर्छ। यो रोग मानवमा सर्दैन।

Advertisement

नगरपालिकाले किसान र सम्बन्धित पक्षलाई निम्न सावधानी अपनाउन अनुरोध गरेको छ:

  • बिरामी वा शंकास्पद सुँगुरलाई तुरुन्तै अलग राख्ने।
  • सुँगुरको ओसार–पसार नगर्ने; मरेका सुँगुरलाई खुला ठाउँमा नफाल्ने, खाडलमा राम्ररी गाड्ने।
  • फार्म, गोठ, औजार र सवारी साधनमा नियमित सरसफाइ र कीटाणुनाशक प्रयोग गर्ने।
  • कुनै लक्षण देखिएमा तुरुन्तै पशु सेवा शाखामा जानकारी दिने।
  • होटल वा रेष्टुरेन्टबाट आएको खानेकुरा सुँगुरलाई नखुवाउने; खुवाउनुपरेमा राम्ररी पकाएर मात्र खुवाउने।
  • तयारी दाना बाहेक अन्य आहार खुवाउनुपरेमा राम्रोसँग पकाएर मात्र खुवाउने।

नगरपालिकाले रोग प्रभावित क्षेत्रमा स्थलगत अध्ययन, सर्भिलेन्स र सचेतना कार्यक्रम पनि जारी राखेको जनाएको छ। डा. सुदिप कुमार शर्माले सम्पूर्ण किसान र सम्बन्धित पक्षलाई गम्भीरतापूर्वक सूचनालाई पालना गर्न आग्रह गरेका छन्।

उनले भने, “रोग नियन्त्रणमा सबैको सहकार्य अत्यावश्यक छ, जसले रोगको फैलावटलाई समयमै रोक्न सहयोग पुर्‍याउँछ।”
वीरगंज महानगरपालिकाले किसानलाई नियमित जानकारी र निगरानीमा सहकार्य गर्न आग्रह गर्दै जोखिम न्यूनीकरणका लागि सावधानी अपनाउन जोड दिएको छ।


Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *