Categories समाचार

वीरगञ्जमा प्रहरीका लागि मानसिक स्वास्थ्यसम्बन्धी विशेष प्रशिक्षण

Advertisement

वीरगञ्ज । वीरगञ्जमा कार्यरत प्रहरी कर्मचारीहरूको मानसिक मनोबल सुदृढ बनाउने तथा सेवाका क्रममा उत्पन्न हुने तनाव व्यवस्थापन गर्न विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। “तत्पर प्रहरी, स्वस्थ मन, सुरक्षित राष्ट्र” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका विभिन्न इकाइमा कार्यरत ५० जना जुनियर प्रहरी अधिकृत सहभागी भएका थिए।

नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौलागाईंको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नारायणी अस्पतालका वरिष्ठ परामर्शदाता डा. नीरज कुमार सिंहले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा उहाँले प्रहरी सेवामा देखिने मनोवैज्ञानिक चुनौती, मानसिक स्वास्थ्यको महत्व तथा दैनिक कार्यसम्पादनका क्रममा उत्पन्न हुने तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा व्यवहारिक जानकारी दिनुभयो।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि तथा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीले प्रहरीको काम स्वभावैले चुनौतीपूर्ण हुने उल्लेख गर्दै यस्तो प्रकारका प्रशिक्षणले प्रहरी कर्मचारीको आत्मविश्वास र कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो।

Advertisement

नागरिक सुरक्षामा निरन्तर खटिने प्रहरीका लागि मानसिक स्वास्थ्यलाई केन्द्रमा राखेर सञ्चालन गरिएको यस कार्यक्रमलाई सहभागीहरूले उपयोगी र सकारात्मक पहलका रूपमा लिएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *