Categories समाचार

घरदैलोमै पुगेर शस्त्र प्रहरीद्वारा अपाङ्गता भएका चार जनालाई ह्वीलचेयर वितरण

Advertisement

वीरगञ्ज । शस्त्र प्रहरी गण नं. १३ पर्सा, वीरगञ्ज र वीरगञ्ज हेल्थ केयर अस्पतालको समन्वय तथा सहयोगमा पर्सा जिल्लाका विभिन्न गाउँपालिकाका चार जना शारीरिक रूपमा अशक्त व्यक्तिलाई घरमै पुगेर ह्वीलचेयर वितरण गरिएको छ।

जिराभवानी गाउँपालिका–१ पकडीटोलाका ६२ वर्षीय प्रेम चौधरी रुखमा चढेर घाँस काट्ने क्रममा लड्दा मेरुदण्ड (स्पाइनल कर्ड) मा गम्भीर चोट लागी पूर्ण रूपमा अशक्त भएका छन्। उनी विगत दुई वर्षदेखि ओछ्यानमै बस्न बाध्य छन्। उनको पारिवारिक अवस्था कमजोर रहेको र श्रीमतीले अरूको घरमा काम गरेर जीविकोपार्जन गरिरहेको जानकारी पाएपछि शस्त्र प्रहरी गण नं. १३ का प्रमुख एसपी मोहनबहादुर क्षेत्री स्वयं उनको घरमै पुगेर ह्वीलचेयर उपलब्ध गराएका हुन्।

Advertisement

त्यसैगरी, सोही गाउँपालिकाको वडा नं. २ सेढवाका ३५ वर्षीय विनोद दास थारु जन्मजात रूपमा तल्लो भाग चलाउन नसक्ने भएकाले उनलाई पनि घरमै पुगेर ह्वीलचेयर प्रदान गरिएको छ।

Advertisement

धोबनी गाउँपालिका–५ का ४२ वर्षीय मनबोध चौधरी मलाहा रोगका कारण अशक्त भई हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका छन्। उनलाई पनि घरमै पुगेर ह्वीलचेयर सहयोग गरिएको छ।

यसैगरी, बिन्दबासिनी गाउँपालिका–३ झौवाका १० वर्षीय आलोक कुमार राम जन्मजात अपाङ्ग रहेको जानकारी पाएपछि उनलाई समेत घरमै पुगेर ह्वीलचेयर उपलब्ध गराइएको छ।

ह्वीलचेयर वितरण कार्यक्रममा क्षेत्री, बोडर आउट पोस्ट महादेवपट्टीका प्रमुख हरीचन्द्र खड्का, सामाजिक अभियन्ता प्रकाश थारु, सम्बन्धित वडाका अध्यक्षद्वय रामशरण खवास र मनौवर अहमद तथा स्थानीय रामसुरत प्रसाद कुर्मी, औरेन्जेब अहमदलगायत अन्य भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *