वीरगंज । खोटाङको बेलाबेसी क्षेत्रमा आज बिहान एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। काठमाडौँबाट खोटाङतर्फ उडेको ९एन–एएफक्यू कलसाइनको उक्त हेलिकप्टर बिहान ११:५१ बजे दुर्घटनामा परेको कम्पनीले जनाएको हो।
एयर डाइनेस्टीका वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले जारी गरेको विज्ञप्तिअनुसार हेलिकप्टरमा चालक दलका सदस्यसहित ६ जना सवार थिए। दुर्घटना भए पनि सबै यात्रु तथा चालक सकुशल रहेको र कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ।
कम्पनीका अनुसार दुर्घटनाको प्राविधिक कारणबारे अनुसन्धान भइरहेको छ। सम्बन्धित निकायहरूसँग समन्वय गर्दै घटनाको वास्तविक कारण पत्ता लगाउने काम जारी रहेको एयर डाइनेस्टीले जनाएको छ। साथै, थप विवरण प्राप्त हुनेबित्तिकै सार्वजनिक गर्ने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ।






