वीरगंज । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रतितोला ५ हजार ४०० रुपैयाँले ओरालो लाग्दै ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन बुधबार भने यही सुन ३ लाख ७ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। महासंघका अनुसार चाँदी प्रतितोला १४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा झरेको छ। बुधबार चाँदीको मूल्य ५ हजार १५० रुपैयाँ कायम रहेको थियो।







